१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका अस्पतालमा थपिए ६ हजार भन्दा बढी बेड



अ+ अ-

काठमाडौं । देशभरी कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएपछि सरकारले संघ, प्रदेश र स्थानीय तहमा गरी ६ हजार भन्दा बढी बेड थप गरेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केन्द्रीय अस्पताल, प्रदेश र पालिका तहमा गरी ६ हजार २ सय २ वटा बेड थप भएका छन । केन्द्रीय अस्पतालमा १ हजार, प्रादेशीक अस्पतालमा १ हजार ९ सय ५७ बेड थप भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । 

यस्तै विभिन्न ६ सय ४९ पालिकामा ३ हजार २ सय ४५ वटा बेड थप भएका छन । अस्पतालहरु नभएका प्रत्येक पालिकामा ५ वटा बेड थप भएका हुन । हरेक अस्पतालमा जनशक्ति सहित बेड थप भएका हुन । 

यस्तै गरी सरकारले थप ३ वटा अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरेको छ । वीरगञ्जको नेशनल मेडिकल कलेज, काठमाडौंको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरिएको हो । नेपालमा प्लाज्मा थेरापी विधिबाट २० भन्दा बढीको सफल उपचार भएको उहाँले बताउनुभयो । देशका विभिन्न अस्पतालमा ४२ जनाले प्लाज्मा दान गरेका छन ।