२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु



अ+ अ-

काठमाडौँ। महाशिवरात्रि पर्व सम्पन्न भएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु गरिएको छ । महाशिवरात्रिका अवसरमा जम्मा भएका भक्तजनका कारण थुप्रिएको फोहर पशुपति क्षेत्र विकास कोषले आजदेखि उठाउन थालेको हो ।

केही दिनमा सफाइ गरिसकिने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो । महाशिवरात्रि सम्पन्न भए पनि आजसमेत पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको थियो । महाशिवरात्रिमा मन्दिरभित्र दर्शन गर्न नपाएका भक्तजन आज पशुपतिनाथ पुगेका थिए । पशुपतिनाथमा आजसम्म साधुसन्तको चहलपहल छ ।

आज बेलुकीसम्म पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानलगायत सङ्घ संस्थाले साधुसन्तका लागि खाने, बस्ने र धुनी जगाउने व्यवस्था गरेका छन् । शुक्रबार बिहान ११ बजेदेखि साधुसन्तलाई दक्षिणा दिएर बिदाइ गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए ।

साधुसन्तलाई गच्छेअनुसार दक्षिणा दिइने उहाँले बताउनुभयो । कोष र संस्थानले पनि साधुसन्तलाई अलग अलग दक्षिणाको व्यवस्था गर्ने जनाइएको छ ।रासस