२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेश पास गर्ने विकल्पको खोजी, उच्चस्तरीय संयन्त्रको बैठक बस्दै



अ+ अ-

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ५ बजे बस्ने गरी संयन्त्रको बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनका विषयमा छलफल हुने छ । त्यसैगरी सरकारले संसद्मा पेश गरेका छ वटा अध्यादेश पारित गर्ने विकल्पका विषयमा पनि छलफल हुने छ ।

संयन्त्रमा एमालेबाट प्रधानमन्त्री ओलीसहित, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् ।

काँग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि बैठकमा उपस्थित हुनेछन् ।

सरकारले ल्याएको भूमि अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारण गत एक महिनादेखि उक्त अध्यादेश अघि बढ्न सकेको छैन । आजको बैठकमा उक्त अध्यादेशको बारेमा पनि छलफल हुने जनाइएको छ ।