२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिला मध्यमा परिक्रमाका यात्रुहरुका लागि हेल्पडेस्क सञ्चालन



अ+ अ-

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमाअन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा हेल्पडेस्क सञ्चालन गरिएको छ ।

१५ दिने परिक्रमामा बिहीबारदेखि हेल्पडेस्क सञ्चालन गरिएको हो । हेल्प डेस्क नेपाल तर्फ पर्ने ११ स्थानमा संचालन गर्ने क्लोथ बैंकको कार्यालय सचिव कृष्ण कुमार साहले बताए ।

बिहीबारको कार्यक्रम हेल्प डेस्कका सहसंयोजक रुबी झाको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका कार्यालय सचिव कृष्ण कुमार साह, क्लोथ बैंक नेपालका सचिव मनिष श्रीओम, बाल अभियानी आदित्य झा, तथा धनेश्वर ठाकुरको विशेष उपस्थिति रहेको थियो । सिअहेब दिलीप मिश्रसहित अन्य सदस्यहरूले यात्रुहरूलाई स्वागत गर्दै स्वास्थ्य जाँच तथा आवश्यक सामग्रीहरू वितरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डॉ। राजीव झाले मिथिला मध्यमा परिक्रमाको उद्देश्य तथा यसको सांस्कृतिक एवं धार्मिक महत्वबारे प्रकाश पारेका थिए ।

संस्थाद्वारा प्रत्येक वर्ष परिक्रमा यात्रुहरूलाई आवश्यक स्वास्थ्य सहयोग, पानी, गुमसुदाहरुको खोजतलास तथा अन्य सुबिधाहरु उपलब्ध गराईदै यात्रालाई सहज बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको संस्थाको प्रवक्ता संचारकर्मी प्रमोद कुमार साहले बताए ।




भर्खरै