२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कियारा र सिद्धार्थ आमाबुवा बन्दै



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणी अभिभावक बन्ने भएका छन् । यी जोडीले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफुहरु आमाबुवा बन्न लागेको बताएका हुन् ।

शुक्रवार कियारा र सिद्धार्थले एक संयुक्त पोस्ट साझा गरेर आफ्नो गर्भावस्थाको जानकारी गराएका छन् । पोष्टमा एक जोडीको हात देखिन्छ र उनीहरूले बच्चाको मोजा समातेको देखिन्छ। यो तस्बिरको क्याप्सनमा लेखिएको छ, ‘हाम्रो जीवनको सबैभन्दा ठूलो उपहार चाँडै आउँदैछ ।’

कियारा र सिद्धार्थले फेब्रुअरी ७, २०२३ मा जैसलमेरको सूर्यगढ प्यालेसमा विवाह गरेका थिए । परिवारका सदस्य र नजिकका साथीहरूको उपस्थितिमा यो जोडीले विवाह गरेका थिए । विवाहको दुई वर्षपछि यी जोडी अभिभावक बन्न लागेका हुन् ।




भर्खरै