२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘संस्कृत भाषा हटाएपछि मौलिक संस्कृतिमाथि आक्रमण’



अ+ अ-

काठमाडौँ। नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपालले विद्यालय तहमा पढाइ हुने संस्कृत भाषा हटाएपछि मौलिक संस्कृतिमाथि आक्रमण सुरु भएको बताउनुभएको छ ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आयोजित ‘वैदिक वाङ्मयमा भक्तिमार्ग’ विषयक अन्तर गुरुकूल विद्यालयस्तरीय विचार मन्थन प्रतियोगिताका विजयीलाई पुरस्कार एवं प्रमाण पत्र वितरण गर्दै उहाँले संस्कृतिको मूल संस्कृत भाषा भएको बताउनुभयो । मूललाई नाश गरेपछि त्यसको शाखाका रुपमा रहेको मौलिक संस्कृतिमाथि पनि निरन्तर आक्रमण भइरहेको उपकुलपति नेपालले सुनाउनुभयो ।

विश्वविद्यालयबाट उत्तरमध्यमा तह हटाएपछि विद्यार्थी कम हुन थालेको उल्लेख गर्दै उहाँले गुरुकूललाई प्रवर्द्धन गरेर जाने नीतिमा विश्वविद्यालय लागेको जानकारी गराउनुभयो ।  संस्कृतभित्र रहेका प्राविधिक विषय आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, वास्तु, कर्मकाण्डजस्ता विषयलाई प्रवर्द्धन गर्ने नीति रहेको जानकारी पनि कार्यक्रममा उहाँले गराउनुभयो ।

प्रतियोगितामा संस्कृत माध्यमिक विद्यालय रानीपोखरीका विजय तिमल्सिना पहिलो, सोही विद्यालयका हेमन्त भट्ट दोस्रो, कान्तिभैरव गुरुकुल गोकर्णका नवीन रेग्मी तेस्रो, नैमिषारण्य गुरुकुल बनेपा, काभ्रेपलाञ्चोकका प्रणव ढुङ्गेल र जगद्गुरु गुरुकूल शङ्खमूलका आशीष रम्तेलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

पहिलोलाई रु १० हजार, दोस्रोलाई रु सात हजार, तेस्रोलाई रु पाँच हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई रु तीन/तीन हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो । रासस