२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शैक्षिक क्षेत्र सुधारका लागि नयाँ शिक्षा ऐन आवश्यक’



अ+ अ-

काठमाडौँ। उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शैक्षिक क्षेत्र सुधारका लागि नयाँ शिक्षा ऐन आवश्यक रहेको बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीको १८औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मन्त्री भण्डारीले समग्र शैक्षिक क्षेत्रको विकासका लागि नयाँ शिक्षा ऐन ल्याइन लागिएको बताए । उनले भने “नयाँ शिक्षा ऐन चाँडै आउनेछ, सबै शिक्षकहरूका मागलाई अधिकतम रूपमा सम्बोधन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने हिसाबले सरकारले उक्त ऐन ल्याउन लागेको हो ।”

शिक्षकहरूका तर्फबाट व्यक्त भएका मागलाई ऐनले सम्बोधन गर्ने दाबी गर्दै उनले यसको लागि सरकार लागिपरेको जानकारी दिए। यसका साथै राष्ट्रिय आवश्यकताका आधारमा अहिले एमाले र कांग्रेस मिलेर सरकार निर्माण गरिएको बताउँदै उनले अध्यादेशमार्फत ल्याएका कानुन अहिलेको आवश्यकता भएकाले संसद्बाट पारित गर्नुपर्नेमा जोड दिए ।

यस्तै, देशको अर्थतन्त्र सुधारका लागि सबै पक्ष एक भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले अर्थतन्त्रमा सुधार आएमात्र देशको समग्र विकास हुने बताए । रासस




भर्खरै