२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनको बोली: प्रधानमन्त्रीज्यु मलाई हराउने ताकमा,देशलाई चै नडुबाउनु होला !



अ+ अ-

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले संघीय सरकारले भोको पेट मारेर आफू हराउन खोज्नेको आरोप लगाउनु भएको छ ।

शुक्रबार साँझ सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो । मेयर शाहले आफूहरू मदन भण्डारीकै सपना पूरा गर्न हिडेको मान्छे रहेको समेत उल्लेख गर्नुभएको छ ।

मेयर शाहको असन्तुष्टि महानगरपालीका लामो समय देखी कार्यकारी अधिकृत को व्यवस्थापन हुन नसकेको बिषयमा केन्द्रित रहेको छ । जसका कारण महानगरका कर्मचारीले तलब पाउन सकेका छैनन् ।

उहाँले लेख्नु भएको छ-

प्रधानमन्त्रीज्यु ,
भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ ,
हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे !
मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!