२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा कहाँ-कहाँ काटिँदैछ आज बिजुली ?



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको सतुङ्गलगायतका क्षेत्रमा आज बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, वौथली, सतुङ्गल चोकलगायतका क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धिलगायतका कार्यका लागि बिजुली कटौती हुने जनाएको हो ।

आज बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म ती स्थानमा बिजुली काटिने भएकाले ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ । तोकिएको कार्य समय अगावै पूरा भएमा निर्धारित अवधि अगावै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।

यस्तै, मूलपानी सवस्टेशन निर्माण आयोजनाले पनि आज बेलुकीसम्म नै बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क , जोरपाटी, बालाजु र कुलेश्वर वितरण केन्द्रलगायतका क्षेत्रमा बिजुली प्रवाह रोकिने जनाएको छ । निर्माणाधिन सवस्टेशनमा प्राविधिक कामका लागि ती वितरण केन्द्रहरुमा बिजुली आप्रवाह आज साँझसम्म रोकिने प्राधिकरणले सूचित गरेको छ । रासस