१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट बुटवलमा थप एक जना संक्रमितको मृत्यु



अ+ अ-

बुटवल । कोरोना संक्रमणबाट बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत् रुपन्देहीको तिलोत्तमा जानकीनगरकी ७० वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो। 

लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाका अनुसार गत साउन २६ गते संक्रमण पुष्टि भएकी महिला थाइरोडिजम र उच्च रक्तचापको समेत बिरामी रहेकी उनि होम आइसोलेसनमा बसिरहेकोमा स्वास्थ्यमा समस्या आएपछि साउन ३१ गते अस्पताल भर्ना गरिएको थियो।  

डाक्टर थापाका अनुसार ती महिलालाई नै बुटवलमा प्लाज्मा थेरापीबाट पहिलो पटक उपचार सुरू गरिएको थियो। उनको गम्भीर अवस्थामा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।

योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ।