२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रस नियुक्त



अ+ अ-

काठमाडौं । नेपाली पुरुष फुटबल टीमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका म्याट रस नियुक्त भएका छन् ।

टोलीको मुख्य प्रशिक्षकमा म्याट औपचारिक रूपमा नियुक्त भएका अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

एन्फाका महासचिव किरण राईको उपस्थितिमा रसले औपचारिक रूपमा प्रारम्भिक एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

रस पहिलो पटक पुरूष टिमको प्रशिक्षक बनेका हुन् । उनले यसअघि सन् २०२० देखि २०२३ सम्म दक्षिण कोरियाको महिला टोलीको सहायक प्रशिक्षक बनेर काम गरेका थिए । यस्तै, रससँग चीनको यू–१५ राष्ट्रिय महिला टोलीको प्रशिक्षकको रुपमा काम गरेको अनुभव पनि छ ।

यस्तै, जर्मनीको फ्रान्कफर्ट महिला टिमको भिडियो एनालिस्ट हुँदै कार्यवाहक प्रशिक्षकदेखि मुख्य प्रशिक्षक सम्म बनेका रस प्रशिक्षक रहँदा सन् २०१५ मा फ्रान्कफर्टले यूईएफए वुमन्स च्याम्पियन्स लिगको उपाधि समेत जितेको थियो ।

यसअघि नेपालको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस थिए ।