१९ असार २०८३, शुक्रबार
,
Latest
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुटर दुर्घटना हुँदा युवकको मृत्यु



अ+ अ-

रुपन्देही । तिलोत्तमा नगरपालिका– ३ सीताराइस मिल नजिक एउटा स्कुटर अनियन्त्रित भएर पल्टिंदा एक युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–२ शङ्करनगरका अन्दाजी ३८/४० वर्षीय शङ्कर कार्की रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

बुटवलबाट मणिग्रामतर्फ जाँदै गरेको लु २६ प १४५५ नम्बरको स्कुटर गएराति ११ बजेर १५ मिनेट जाँदा आफै अनियन्त्रित भई पल्टिदा गम्भीर घाइते भएका स्कुटी चालक कार्कीलाई उपचारका क्रममा आज क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।