२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फुल कन्ट्याक्टमा रुपक र मन्जुलाई स्वर्ण



अ+ अ-

काठमाडौँ। रुपक नेपाली र मन्जु विकले तेश्रो मदन भण्डारी पुरुष तथा महिला राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा स्वर्ण जितेका छन् । खुला तौलसमूहको पुरुषमा रुपक र महिलामा मन्जुले स्वर्ण जितेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको प्रतियोगिताको पुरुष फाइनलमा रुपकले अमित महर्जनलाई पराजित गरे । रविन्द्र लोहार तेश्रो र शिवबहादुर भुजेल चौथो भए । मन्जुले फाइनलमा अनुपा नेपालीलाई हराइन् । कविता मोक्तान तेश्रो तथा चन्दाकुमारी भुजेल चौथो भए ।

पुरुष÷महिला दुवैमा शीर्ष चार स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ६५ केजीमा सनी सिंहले स्वर्ण, मेघबहादुर राईले रजत, सागर तामाङले कांस्य र जयराज स्याङतान चौथो भए ।

पुरुष ६० केजीमुनि अनिल बराम पहिलो, केदार नेपाली दोश्रो, पवनकुमार जैसवाल तेश्रो र राजेन्द्र घलान चौथो भए ।महिला ५० केजीमुनि रिना माझी पहिलो, उषा रावल दोश्रो, सपना आले मगर तेश्रो र निशा सुनार चौथो स्थानमा रहे । महिला ५५ केजीमुनि अनिशा तामाङ पहिलो, लक्ष्मी थिङ दोश्रो, अन्जना बुढाथोकी तेश्रो र सविता आले मगर चौथो भए ।