२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल



अ+ अ-

पथरी। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले आमनागरिकलाई विश्वास दिने गरी प्रभावकारी ढङ्गबाट स्वास्थ्य सेवा दिन आवश्यक रहेको बताउनुभएको छ ।

मोरङको उर्लावारी–५ मा रहेको अरनिको हस्पिटलमा आज सिटी स्क्यान सेवा उद्घाटन गर्दै उहाँले निजी क्षेत्रले सस्तो र सर्वसुलभ सेवा दिनसके प्रभाव थप विस्तार हुने बताउनुभयो ।

मन्त्री पौडेलले निजी क्षेत्रसँग सहकार्य गर्न र यस क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालय आवश्यक सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

अरनिको हस्पिटल प्रालिले १२ वर्ष प्रवेश गरेसँगै सिटी स्क्यान सेवा सुरु गरेको हो । रु चार करोडको लागतमा यो सेवा सुरु गरेको हस्पिटलका अध्यक्ष लोलिम पोमुले जानकारी दिनुभयो । रासस