२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालय एअरलाइन्सले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै



अ+ अ-

काठमाण्डौ । हिमालय एअरलाइन्सले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्वप्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासाबीच आफ्नो नयाँ साप्ताहिक उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ ।

आगामी मार्च ३१ देखि सुरु हुने यो नयाँ रुटको उडानमार्फत हिमालय एअरलाइन्सले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने लक्ष्य राखेको छ । जुन एअरलाइन्सका लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा हुने कम्पनीको विश्वास छ ।

कम्पनीले काठमाण्डौ–ल्हासा–पोखरा–ल्हासा–काठमाण्डौ सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्ने योजना बनाएको छ । प्रारम्भिक योजनाअनुसार काठमाण्डौ–ल्हासा उडान(एच९७७४) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार मार्च ३१ मा बिहान ८ः३० बजे उडान भर्ने र सोहीदिन चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा पुग्नेछ ।

त्यसैगरी, ल्हासा–पोखरा उडान (एच९७३१) ले ल्हासा गोङ्गर विमानस्थलबाट स्थानीय समयअनुसार मार्च ३१ मा १३ः१५ बजे उडान भर्ने र सोहीदिन नेपाली स्थानीय समयअनुसार १२ः४५ मा पोखरा अवतरण गर्नेछ ।

यसैगरी, ऐतिहासिक पोखरा–ल्हासा उडान (एच९ ७३२) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी अप्रिल १ मा स्थानीय समयअनुसार बिहान ८ः२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासागोङ्गर विमानस्थलमा पुग्नेछ । त्यसैगरी, ल्हासा–काठमाण्डौ उडान(एच९७७५) ले ल्हासागोङ्गर विमानस्थलबाट अप्रिल १, २०२५, मा स्थानीय समयअनुसार १२ः३० मा प्रस्थान गरी सोहीदिन नेपालीस्थानीय समयअनुसार १२ः०५ मा काठमाण्डौ अवतरण गर्नेछ ।

हिमालय एअरलाइन्स्का उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले नयाँ सुरु हुन लागेकोे रुटप्रति उत्साह व्यक्त गर्दै भने ‘हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने हो । हिमालय एअरलाइन्सले सधैं चीनमा नयाँ–नयाँ गन्तव्यहरू खोज्दै आएको छ र नियमित उडान सञ्चालनहरू अगाडि बढाउँदै आएको छ । काठमाण्डौ–ल्हासा–पोखरा–ल्हासा–काठमाण्डौ सुरु गरिएको यस उडानले हाम्रो एअरलाइन्स्को दुई राष्ट्रका नागरिक– नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्दछ । यो नयाँ रुटको परिचयसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूका लागि अविस्मरणीय यात्रा अनुभवहरू सिर्जना गर्ने लक्ष्य राखेको छ । हामी हाम्रा उडानहरूमा यात्रुहरूलाई स्वागत गर्न र उहाँहरूलाई नेपाल र चीनदुवैले प्रदान गर्ने प्राकृतिक सौन्दर्य र विविध अवसरहरूसँग जोड्न तत्पर छौँ ।’