१९ असार २०८३, शुक्रबार
,
Latest
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको ह्रासोन्मुख ग्राफ र कुलमान !



अ+ अ-

पदमा बसेकाहरुले जिम्मेबारीपूर्वक काम गरिदिएपछि मात्र पनि समाजमा वाहवाही पाउन कुनै गाह्रो छैन । प्रहरीले अपराधी समात्दा वाहिवाही पाउछ, वास्तबममा यो सामान्य घटना हो, जसको काम नै शान्ति सुरक्षा कायम गर्नु नै हो । कानूनको पालना  गराउनु नै हो तर पनि कतिपय अबस्थमा रक्षक नै भक्षक बनेको आरोप लाग्दै आएको बेला एक दुई वटा अधिकृतले कानूनको मात्र कार्यन्वयन गरिदिँदा उसले जिवन भर नायकको उपाधी पाएको अबस्था छ । 

हो पछिल्लो ४ बर्षे कालखण्डमा कुलमान घिसिङ पनि यस्तै भएका छन् । कुलमानले जुन संस्थाको नेतृत्व सम्हाले त्यस संस्थाले नागरिक लाई दिनुपर्ने सेवा केही उनिभन्दा अघिका नेतृत्वहरुले भन्दा बढी दिए । चकमन्न अध्यारोमा जुनकिरीको प्रकाश देखिएजस्तै । अठार घण्टा सम्म लामो लोडसेडिङले आहत भएका मुलुकबासीलाई झण्डै पूर्ण रुपमा उज्यालो दिए । उनीभन्दा अघिका नेतृत्वमा बस्नेहरुको नियत मै समस्या थियो कि नीतिमा त्यो त केही हदसम्म स्पष्ट भै सकेको छ । सायद मुलुक चलाउने सक्षम नेतृत्व भएको भए टुकीको उज्यालोमा जलश्रोतको धनी देश नेपाल भनेर पढ्नुपर्ने अवस्था हुदैन थियो होला । 

तर निरन्तरको अध्यारोमा बानी परिसकेका नागरिकले कहिल्यै पनि प्रश्न उठाएनन् वा उठाए पनि सुनुवाई भएन ।  आखिर चार बर्ष अघि बरिष्ठहरु लाई पन्छाउदै कनिष्ठ भनिएका कुलमानले बिद्युत प्राधिकरणको नेतृत्व संम्हालेपछि कसरी चामत्कारीक रुपमा परिवर्तन सम्भव भयो त ? पक्कै पनि उनीभन्दा अघिका नेतृत्वले मुलुक र नागरिक प्रति घात गरे ।  ब्यक्तिगत फाईदाका लागि नागरिकको खुशीलाई बन्धक बनाए । जसका कारण उनीहरु आज नागरिकको नजरमा गिरेका छन् । दायित्व मात्र निर्वाह गर्दा कुलमानको उचाई अग्लिएको छ । नेपाली समाज यति भाबनात्मक छ कि अब नेपाल बिद्युत प्रधिकरणको नेतृत्वमा कुलमान बाहेकको बिकल्प नै देख्न छाडिसकेका छन् । कुनै एक सार्बजनिक संस्थानको नेतृत्व परिबर्तन समान्य कुरा हो तर सामाजिक सञ्जालदेखी घरघरमा यस बारेमा चर्चा भै रहेको छ । समान्य अवस्थमा यी सबै काम ठीकठाक हुन्थो भने यो सायद चर्चाको बिषय नै हुदैन थियो होला । 

अरु पनि थुप्रै सार्बजनिक संस्थानहरु छन् तीनमा नेतृत्व पनि परिबर्तन भैरहन्छन् खासै कसैको पनि चासो हुदैन । चासो वा टिप्पणीहरु यस्तो अबस्थमा मात्र हुन्छ जहाँ ईश्वरको कृपा उपेन्द्रहरुमाथि परेको बेला मात्र । पद्धतिको विकास भैसकेको संस्थाहरु मा नेतृत्वमा कोही आएपनि खासै फरक पर्देन  तर पद्धतिको बिकास नै हुन नसकेको वा नदिईएको संस्थाहरुमा एउटा ब्यक्तिमाथी कति विश्वास उत्पन्न हुन्छ भन्ने उदाहरण बनेका छन् कुलमान । उनले नेपाल बिद्युत प्राधिकरणमा पद्धतिको पनि विकास गरेका भए भोली जो आएपनि उनको अनुयायीको रुपमा अनसरण गर्ला वा अझ त्यो भन्दा राम्रो गर्ला । तर सरकारले गर्ने नियुक्तिको क्रम हेर्दा त्यसो भैहाल्ने कुरा कल्पना  गर्न पनि कठिन हुन्छ । 

समाजले कुलमानलाई यसरी देवत्वकरण गरिसक्यो कि उनी बाहिरिएपछि उज्यालो पनि सँगै बाहिरन्छ उनि रहञ्जेल मात्र उज्यालो रहन्छ । त्यसैले त सामाजिक सञ्जालमा उनको फोटो सहितको प्रोफाईल तस्बिर बाहेक अरु कहीँ नदेखिने अबस्था छ । उनको नाममा गीत नै निकालेर भाईरल हुनेहरुलाई पनि भ्याईनभ्याई छ । लिग छाडेर बसेको रेललाई लिगमा ल्याई तिब्र गतिमा दौडाएका कुलमान लाई उहि रेल कुदाउन फेरी दिने कि अर्को बिग्रेको ठाउमा सपार्न पठाउने भन्ने बहस पनि नभएका होईनन् । 

उनको बिज्ञता यसै क्षेत्रमा रहेका कारण उनको उपयोगिता यही हुनुपर्छ भन्ने जमात बलियो थियो, छ । नत्र इश्वरको अनुकम्पा परेजस्तै एकै ब्यक्ति आयल निगमको प्रमुख देखी क्याम्पस प्रमुख सम्म, उच्च माध्यामिक शिक्षा परिषद्को प्रमुख देखी उपकुलपतिसम्म तथा यतिमात्र नभएर अहिले फेरि बैंकको प्रमुखसम्म बनाउने सर्बज्ञाता ब्यक्ति हाम्रो समाजमा कमै होलान् । जति दिन कुलमानको कार्यलय समय सकिदैँ थियो नागरिकको मनमा उत्तिकै हुटहुटी बढिरहेको थियो । भावनात्मक नेपाली समाजको मनादशा यस्तो छ कि कुलमान रहुञ्जेन उनि बिद्युत प्राधिकरणको प्रमुखको रुपमा रहिरहनु तर त्यो सम्भब छैन । कुलमानप्रति नागरिकको विश्वास भनेको राजनैतिक नेतृत्वप्रतिको अविश्वास पनि हो । बिद्युत प्राधिरणले त सही नेतृत्व पायो होला, तर देश चलाउने ठाउँमा को नि ?

यी प्रश्न त छँदै नै छन् । अबस्था यस्तो आयो कि भोली कुलमानलाई  नै निरन्तरता दिने अबस्था आयो भने पनि नागरिकका दबाब सामु सरकार झुक्न बाध्य भयो , यदि उनको स्थानमा अरु कोही सक्षम ब्यक्ति आयो भने पनि नागरिकको  नजरमा उ कुलमान बिरोधी ठहर हुने छ । उसको परिक्षा सुरु हुनु नपाउदै समाजले फेल गरिसक्छ । नया  ब्यक्तिले केही राम्रो गरे कुलमानको ब्याजका रुपमा चित्रित हुने छ भने नागरिक  अपेक्षा बाहिर भए त्यसको दोषको भागिदार सरकार र राजनीतिक दलहरुहुने छन् । बिचौलिया र काला ब्यापारीको चंगुलमा परेर कुलमानलाई बाहिर पारेको परिणामका रुपमा । 

असफल  भएको संस्थालाई कुशल नेतृत्वले कसरी सक्षम बनाउन सक्छ भन्ने उदाहरण बनेका कुलमान जस्तै अरु कुलमानहरुको पनि राज्यले खोजी गर्न जरुरी छ, गरोस् । तर अहिलेलाई भने समाजले पनि उनैलाई पत्यायो । भर्याङ बनाउनेले चढेर माथि जाने अधिकार पनि राख्छ,  ।  तर अहिलेको यो अभियानले सफल अथवा काम गर्ने मानिसको खोजी समाजले गर्दाे रहेछ भन्ने सन्देश भने राम्ररी नै दिएको छ । नत्र उनको पक्षमा सामाजिक सञ्जालमा देखिएको यो माहौल उनको लगानीबाट कदापि होइन । तर पनि वर्षेनीका सरकारी नियुक्तिहरुको भान्सा गरिरहने उपेन्द्रहरुका आजैका उपरखुट्टीले सरकारका दाँतमा ढुंगा भने लाग्ने नै छ । यो पनि समाजले नै देखाउने छ ।