२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक सुशान्त केसीले दिए बालेनलाई कन्सर्टमा आउन निम्तो



अ+ अ-

काठमाडौं। चर्चित गायक सुशान्त केसीले शनिबार भक्तपुरको सल्लाघारीमा हुने कन्सर्टकोमा काठमाडौँ महानगरका मेयर बालेन शाहलाई उपस्थित हुन निम्तो दिएका छन् ।

गायक सुशान्त केसीले बालेनसँगको भेटबारे सामाजिक संजालबाट जानकारी दिएका छन् । उनी लेख्छन्, ‘मेयर बालेन शाहसँग राम्रो कुराकानी । र्‍यापदेखि जिम्मेवारीसम्म । वास्तवमै लिजेन्ड । काठमाडौं कसरी अझ जीवन्त र सुन्दर शहरमा विकसित हुँदैछ भनेर प्रशंसा गर्न पाउँदा सम्मानित महसुस भयो । आशा छ त्यहाँ भेट्नेछु ।’  बालेनलाई निम्तो दिएको र उनी कन्सर्टमा सहभागि हुने आशा आफूले राखेको सुशान्तले जनाएका छन् ।

यो प्रतीक्षित कन्सर्टको लागि सुशान्त यतिबेला तयारीमा जुटेका छन् । १५ हजारभन्दा धेरै दर्शक सहभागि हुने बताइएको यो कन्सर्टमा अन्य चर्चित व्यक्तिहरूलाई पनि उपस्थित गराउने कसरत केसीले गरिरहेका छन् । पछिल्लोपटक फिल्म ‘लाज शरणम्’को शीर्षगीत पनि गाएका थिए  ।




भर्खरै