१९ असार २०८३, शुक्रबार
,
Latest
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यदलको प्रतिवेदनमाथि अध्यक्षद्वयबीच छलफल, साझा धारणा बनाएर सचिवालयमा पेश हुने



अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टीको आन्तरिक समस्या समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन माथि छलफल सुरु भएको छ ।  

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच भइरहेको छलफलमा कार्यदलका संयोजक एवं नेकपाका महासचिव विष्णु पौडेल समेत सहभागी हुनुहुन्छ ।

कार्यदलले बुझाएको प्रतिवेदन माथि दुई अध्यक्षले साझा दृष्टिकोण तय गरेपछि सचिवालय हुँदै स्थायी समितको बैठकमा पेश हुने छ ।

पार्टी भित्र अन्तरकलह बढ्दै गएपछि अध्यक्षद्वयको सहमतिमा गत साउन ३० गते कार्यदल गठन भएको थियो । कार्यदलले एक सात पछि  भदौ ६ गते  प्रतिवेदन बुझाएको थियो । कार्यदलले पार्टी भित्र देखिएका समस्या र तिनको समाधानका उपाएहरु समेटिएको जनाइएको छ ।