२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई अमर्यादित प्रश्न गरेको आरोपमा दुई पत्रकारको संसद प्रवेश पास निलम्बन



अ+ अ-

काठमाडौं । संघीय संसद सचिवालयले दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा अमर्यादित शब्द प्रयोग गरेको भन्दै सचिवालयले उनीहरुको संसद प्रवेश पास निलम्बन गरेको हो ।

महासचिव स्तरीय निर्णयबाट पत्रकारद्वय प्रकाश वली र र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास निलम्बन गरिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनले भने, ‘पत्रकार आचारसंहिता, कार्यविधि र पालन गर्नुपर्ने नियमहरु छन् । यसको उल्लघन गरेको कारणले उनीहरूलाई दिइएको संसद सचिवालयको कार्ड एक महिनाका लागि निलम्बन गरिएको हो ।’

संसद सचिवालयले रिर्पोटिङका लागि पत्रकारहरुलाई प्रवेश पास उपलब्ध गराउने गर्दछ ।