२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वर्तमान सरकारलाई सन्तुलित ढङ्गले अघि बढाएर लैजानुपर्छ’



अ+ अ-

कैलाली। राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस र नेकपा (एमाले)बीच भएको सहमतिअनुसार वर्तमान सरकारलाई सन्तुलित ढङ्गले अघि बढाएर लैजानुपर्ने बताउनुभएको छ ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज धनगढीमा आयोजित राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियानको उद्घाटन गर्दै उहाँले दुई दल मिलेर बनेको सरकारले जनताको इच्छा र चाहनाअनुसार काम गर्नुपर्ने बताउनुभयो ।

पार्टी र सरकारबीच समझदारी गरी सुदृढ दिशामा अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले कांग्रेसभित्र बृहत् एकता जरुरी रहेको बताउनुभयो । जनताको हितमा संविधान संशोधन गरिनुपर्ने बताउँदै नेता सिटौलाले हरेक आन्दोलनले आधुनिक नेपालको जग निर्माण गरेको र हरेक आन्दोलनको अगुवाइ कांग्रेसले गरेको दाबी गर्नुभयो ।

नेता सिटौलाले सडकमा चिच्याएर, कराएर राजतन्त्र कुनै हालतमा फर्किन नसक्ने ठोकुवा गर्नुभयो । कार्यक्रममा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य नृप बड, सुशीला मिश्र भट्टलगायतले पार्टीलाई मजबुत बनाउन कांग्रेसका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।रासस