२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरियामा सेनाको विमानले गलत स्थानमा विस्फोटक पदार्थ खसाल्दा केही सर्वसाधारण घाइते



अ+ अ-

काठमाडौँ । दक्षिण कोरियाको वायु सेनाले आफ्नोे एउटा लडाकू विमानले एक प्रशिक्षण अभ्यासका क्रममा बिहीबार दुर्घटनावश आठवटा बम गलत ठाउँमा खसालेको जनाएको छ ।

“एयर फोर्सको केएफ–१६ विमानबाट असामान्य रुपमा खसालिएका आठवटा एमके–८२ बम सामान्य उद्देश्यका लागि खसालिएको र ती निर्धारित फायरिङ रेन्जभन्दा बाहिर अवतरण भएका जानकारीमा आएको छ,” वायुसेनाले भनेको छ ।

आणविक शक्ति सम्पन्न उत्तर कोरियासँगको सीमाबाट करिब २५ किलोमिटर दक्षिणमा रहेको पोचेओनमा स्थानीय समयअनुसार बिहान १० बजे उक्त घटना भएको हो ।

वायु सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बमहरू गलत ठाउँमा खसालिएकोमा हामी गहिरो खेद प्रकट गर्दछौं । यसबाट हताहत भएका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

उक्त घटनाको अनुसन्धानका लागि दुर्घटना प्रतिकार्य समिति गठन गरिएको र क्षतिको क्षतिपूर्तिलगायत सबै आवश्यक कदम समितिले चाल्ने जनाइएको छ ।

सैन्य जेटले ‘वायु सेना र स्थल सेना दुवै सम्मिलित संयुक्त प्रत्यक्ष–फायर अभ्यासमा भाग लिइरहेको’ समयमा उक्त दुर्घटना हुनपुगेको वायु सेनाले जनाएको छ ।

दक्षिण कोरियाली ९योनहाप० समाचार संस्थाका अनुसार दक्षिण कोरियाले पोचेओनमा बिहीबार संयुक्त राज्य अमेरिकासँग संयुक्त ‘प्रत्यक्ष फायर अभ्यास’ गरिरहेको थियो ।

दक्षिण कोरियाको नेसनल फायर निकायका अनुसार दक्षिण कोरिया र अमेरिकाको संयुक्त अभ्यासका क्रममा एउटा गाउँमा बम खसेको अनुमान गरिएको छ ।

यसले गर्दा ‘हताहत र सम्पत्तिको क्षति भएको छ र यसमा धेरै विस्थापित बासिन्दाहरू परेका छन्”, विज्ञप्तिमा भनिएको छ, “घटनामा चार जना गम्भीर घाइते भएका छन् र तीन जना सामान्य घाइते भएका छन् ।” उक्त घटनामा एक चर्च भवन र दुई घरको केही भागमा क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।

चट्ट्यानजस्तो आवज

आफ्नो नाम उल्ल्ेख नगर्ने शर्तमा एक जना पार्क उपनाम गरेका स्थानीय बासिन्दाले दुर्घटना हुँदा आफूले टेलिभिजन हेरिरहेको बताउँदै भन्नुभयो, “मैले अचानक मेघगर्जनजस्तै ठूलो विस्फोटको आवाज सुनेँ र पूरै घर हल्लियो। जब म बाहिर गएँ, सबै कुरा अस्तव्यस्त थियो ।”

करिब एक किलोमिटर परको वृद्ध स्याहार केन्द्रमा पनि दुर्घटनाको महसुस गरिएको थियो ।

“अचानक भएको विस्फोटनले भवनलाई हल्लायो। झ्यालका सिसा फुटे र हाम्रा एक जना शिक्षक घाइते भए । उहाँलाई अस्पताल लगिएको थियो,” केन्द्रका निर्देशक युले भन्नुभयो ।

“भाग्यवस, कुनै पनि वृद्धरलाई चोट पटक लागेन, तर उनीहरू यति डराए कि हामीले उनीहरू सबैलाई घर पठायौँ,” उहाँले भन्नुभयो ।

दक्षिण कोरिया र अमेरिकाको सबैभन्दा ठूलो वार्षिक संयुक्त अभ्यासमध्ये एक अभ्यास यसै महिनाको अन्त्यमा सुरु हुने भएको छ ।

सन् १९५० देखि १९५३ सम्म चलेको द्वन्द्व शान्ति सम्झौतामा नभई युद्धविराममा टुङ्गिएपछि दुई कोरिया प्राविधिक रूपमा युद्धमा छन् ।

प्योङयाङविरुद्ध सियोलको सुरक्षाका लागि संयुक्त राज्य अमेरिकाले दक्षिणमा दशौँँ हजार सैनिक तैनाथ गरेको छ ।

उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणको जवाफमा सन् २०२२ मा दक्षिण कोरियाको ह्युन्मु–२ छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र दक्षिण कोरियाको पूर्वी गाङवोन प्रान्तको सैन्य गल्फ कोर्समा दुर्घटनाग्रस्त भएको थियो ।

उक्त क्षेप्यास्त्र विस्फोट भने भएको थिएन र उक्त घटनामा कोही पनि घाइते पनि भएका थिएनन् ।




भर्खरै