२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निकासी पैठारी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत



अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राख्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

उक्त विधेयकमाथि आज सैद्धान्तिक छलफल भएको थियो । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै उद्योगमन्त्री भण्डारीले नेपाली वस्तुलाई ‘ब्राण्डिङ’ गर्न र विश्वबजारसम्म पु¥याउनका लागि नयाँ कानूनी व्यवस्था आवश्यक पर्ने भएकाले यो विधेयक संसदमा ल्याइएको बताउनुभयो । संसदमा आएका सुझावलाई सम्बोधन गर्दै थप व्यवस्थित, परिस्कृत र समृद्ध बनाएर लगिने उद्योगमन्त्री भण्डारीको भनाइ छ ।

वैदेशिक व्यापारमा आएका नयाँ अवधारणासँगै निकासी पैठारी व्यवस्थालाई थप व्यवस्थित, पारदर्शी बनाई निकासी पैठारी हुने वस्तु वा सेवाको नियमन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित यो विधेयक ल्याइएको हो । यो कानून बनिसकेपछि निकासी पैठारी कार्यमा एकरुपता कायम हुने, विभिन्न निकायहरुको अधिकार स्पष्ट हुने, प्रक्रियाहरु थप व्यवस्थित र प्रभावकारी हुने र समग्र राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक यहि फागुन २३ गते शुक्रबार दिनको १ बजे बस्नेछ । रासस