२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिंकुकुमारी मृत्यु प्रकरणः घटना सामसुम पार्न पञ्चायत गर्ने वडा सदस्यसहित चारजना पक्राउ



अ+ अ-

जनकपुरधाम । रिंकुकुमारी सदायको मृत्यु प्रकरणमा घटना सामसुम पार्न पञ्चायत गर्ने वडा सदस्य साहसहित चारजना पक्राउ परका छन् ।

सिरहा प्रहरीले वडा सदस्य नथुनी साह, राम कृपाल मण्डल, विन्देश्वर साह र नाम नखुलेका एक जनालाई पक्राउ गरेको हो ।

३० माघमा नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी उनी ६ घण्टापछि रोइरहेको अवस्थामा फेला परेकी थिइन् । अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि सामूहिक बलात्कार भएको बताएकी थिइन् ।

आफूमाथि बलात्कार भएको बताएकी रिंकु ३० माघको राति ७ः२० बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । मृत्युअघि उनले आफूमाथि छिमेकी रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले अपहरण गरी सामूहिक बलात्कार गरेको बताएकी थिईन् ।

उक्त घटना दबाउन वडा सदस्य साहसहितका व्यक्तिहरू गाउँमै पञ्चायत बसेर पीडित परिवारलाई दबाब दिएका थिए ।

पीडित परिवारले सामूहिक बलात्कारका तीन आरोपी र पञ्चायतमा घटना दबाउन भूमिका खेलेका पाँच पञ्च गरी आठ जनामाथि जबरजस्ती करणी, अपहरण, हत्या र लेनदेन शीर्षकमा जाहेरी दिएको थियो । घटनाका मुख्य आरोपी रुपेश मण्डललाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडी बढाएको छ भने उजुरी परेका तीनजना अझै फरार छन् ।