२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

इफाप्का नेपालमा विकास निर्माणका कामहरुको प्रभावकारिता बढाउने कडी हुनुपर्छः अध्यक्ष सिंह



अ+ अ-

काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा विकास निर्माणका कामहरुको प्रभावकारिता बढाउन निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था एशियाली र पश्चिमी प्रशान्त ठेकेदार संघको अन्तर्राष्ट्रिय महासंघ (इफाप्का)को मञ्च प्रयोग गर्न जरुरी रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौं आयोजित इफाप्काका अध्यक्षसहितका प्रतिनिधिसँगको भेटपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष सिंहले इफाप्काको आउँदो कन्फ्रेन्सबाट नेपालको पहिचान अन्तर्राष्ट्रिय रुपमा बढाउन सकिने बताउनुभएको हो । उहाँले इफाप्काको सहयोग नेपालले महासंघका अन्य सदस्य राष्ट्रहरुबाट सहयोग लिन र आफूसँग भएको सहयोग दिने कडीको रुपमा स्थापित हुनसक्ने विश्वास लिनुभयो ।

उहाँले भन्नुभयो, ‘एशियाली तथा पश्चिमी प्रशान्त ठेकेदार संघहरूको अन्तर्राष्ट्रिय महासंघबाट हामीले लिनसक्ने फाइदा भनेको अन्तर्राष्ट्रियस्तरमा नेपाललाई पहिचान बढाउने र नेपालमा भएका समस्याहरुलाई संसारभरी पु¥याउनका लागि पनि यस महासंघको माध्यमबाट सम्भव हुन्छ । यसबाट हामीले इफाकाका सदस्य राष्ट्रलाई हामीले के कुराहरु दिनसक्छौं र अन्य मुलुकबाट हामीले के के कुरा लिनसक्छौं भनेर यो एउटा कडी हुनसक्छ र हुनुपर्छ भन्ने धारणाअनुसार हामी अगाडि बढीरहेका छौं । र त्यही कडीलाई सार्थक बनाउनको लागि इफाका सम्मेलनमात्र गरेर सदस्य राष्ट्रहरुको सम्बन्ध सुधार गर्ने काममा मात्र सिमित नराखिकन एकअर्कालाई आर्थिक रुपमा प्रभावित पार्ने र विकास निर्माणलाई प्रभावकारी बढाउनको लागि हामीले इफाकाको मञ्चलाई प्रयोग गर्नुपर्छ ।’

सिंगापुरमा हुने इफाप्काको कन्फ्रेन्सको लागि निम्ता दिन निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था एशियाली र पश्चिमी प्रशान्त ठेकेदार संघको अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधिहरु नेपाल आउनुभएको छ ।




भर्खरै