१९ असार २०८३, शुक्रबार
,
Latest
विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार गोली हानेर लागुऔषध कारोबारी पक्राउ सुदूरपश्चिम स्पोर्टस् अवार्डः क्रिकेटका दीपेन्द्र र कबड्डीका मानमतीलाई नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने जनताको आकांक्षा पूरा हुनेगरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा कार्यदलको प्रतिवेदन : नेतृत्वको टुंगो महाधिवेशनबाटै



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र  समस्या  र समाधानका बारेमा सुझाब दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई आज बुझाएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले एकसाताको गृहकार्यपछि सहमति सहित विबाद समाधानको सुझाव समेटेर प्रतिवेदन शनिवार अपरान्ह ४ः४५ बजे अध्यक्षद्वयलाई बुझाएको हो । 

प्रतिबेदनमा ‘पार्टी एकीकरणलाई मजबुत बनाउने र पार्टी भित्रका आन्तरिक विबादलाई सहमतिकै आधारमा निश्कर्षमा पुर्याउने कुरालाई बुदागत रुपमा उल्लेख गरिएको छ । प्रतिबेदनमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ५ बर्ष नै सरकारको नेतृत्व गर्ने , पार्टी कार्यकारी अध्यक्षका रुपमा पुष्पकमल दहालले संञ्चालन गर्ने लगायतका कुरा उल्लेख गरिएको छ । सरकारले गर्ने काम कारबाही पार्टीको सल्लाह र सहमतिमा  गर्ने , सरकारको काम  कारबाहीलाई प्रभाबकारी बनाउन मन्त्रीमण्डल पूर्नगठन गर्ने तथा आबश्यक परे प्रदेश सरकारहरुमा समेत हेरफेर गर्ने कुरा पनि प्रतिबेदनमा समेटिएको छ ।  

गएको साउन ३० गते शुक्रवार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले महासचिव बिष्णु पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल र जनार्दन शर्मा सदस्य रहेको कार्यदल गठन गर्नुभएको थियो ।  कार्यदललाई साउन ३२ गते बसेको नेकपा सचिवालय बैठकले अनुमोदन गरेको थियो । कार्यदलले दिएको प्रतिवेदन अध्यक्षद्वयले अध्यायन तथा आबश्यक परे संशोधन सहित सचिवालयको बैठकमा पेश गर्ने र सचिवालय बाट स्थायी समितिको बैठकमा पेश हुने छ ।