१९ असार २०८३, शुक्रबार
,
Latest
विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार गोली हानेर लागुऔषध कारोबारी पक्राउ सुदूरपश्चिम स्पोर्टस् अवार्डः क्रिकेटका दीपेन्द्र र कबड्डीका मानमतीलाई नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने जनताको आकांक्षा पूरा हुनेगरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९ जना व्यक्तिको कारोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न जिल्लामा ९ जना मासिहरुको कोभिड संक्रमणका कारण मृत्यु पुष्टि भएको बताउनुभयो । 

प्रवक्ता गौतमका अनुसार सुनसरीमा ६ वर्षीय बालिका र ६७ वर्षका पुरुषको मृत्यु भएको छ । 

त्यस्तै पर्सामा ४८, ५८ र ६१ वर्षका तीन जना पुरुषहरुको मृत्यु भएको छ । बारामा १ जना ५८ वर्षीय पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानमुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको पनि कोभिड १९ संक्रमणबाट मृत्यु पुष्टि भएको उहाँले बताउनुभयो । 

यससँगै नेपालमा कोभिड १९ संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।