२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजा भोटको राजनीति भन्दा धेरै माथि हुनुहुन्छ, चुनाव लड्न हामी काफी छौँः अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजा भोट राजनीति भन्दा माथि रहने संस्था भएको बताउनुभएको छ ।

शनिवार वीरगञ्जको लालबगलामा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक दलहरुले देश बर्बाद बनाएको र अब राजसंस्था देशलाई आवश्यक भएको सन्देश दिनुभएको थियो ।

उक्त सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका राजनीतिक दलका नेताहरुले पूर्वराजा शाहलाई पार्टी खोलेर निर्वाचनबाट आउन चुनौति दिँदै आएका छन् ।

सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष लिङदेनले राजा भोटको राजनीति भन्दा धेरै माथिको संस्था भएको बताउनु भयो । उहाँले अहिलेका नेताहरुसँग आफूहरु नै चुनाव लड्न पर्याप्त रहेको बताउनु भयो । आफूहरुले राजनीतिक दलको राजा नभइ देशको राजा स्थापित गर्न खोजेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजाले पहाडमा नभएर मधेसको जनताले रोजगारी पाओस् । मधेसको जनताले गरिखाने वातावरण निर्माण होस् भनेर खोलेको उद्योगधन्दाहरु बेचेर खाए । कृषि औजार कारखाना, चिनी कारखाना, जनकपुर चुरोट कारखाना बन्द गरे र आज दर्जनौँ भ्रष्टाचार काण्डहरुमा उनीहरुको नाम मुछिएको छ ।

त्यस्ता नेताहरु अहिले राजालाई ललकार्दै छन् । राजा चुनाव लड्न आउ भनेर । म भन्छु, तपाईंहरुसँग चुनाव हामी लड्छौँ । राजाले चुनाव लड्ने होइन । चुनाव लड्नको लागि हामी जस्ता मानिसहरु छौँ । हामीले खोजेको राजा, हामीले स्थापित गर्न खोजेको राजा तपाईंहरुसँग चुनाव लड्ने होइन । राजनैतिक दलको राजा होइन, देशको राजा खोजेको हो । राजा राजनीतिक दल भन्दा र भोटको राजनीति भन्दा माथि रहने संस्था हो ।’

अध्यक्ष लिङदेनले अहिलेका राजनीतिक दलहरु देशभित्रै युवाहरुले गरिखाने वातावरण बनाउनेतर्फ अग्रसर नभएको बताउनु भयो । अहिलेका राजनीतिक दल र नेताहरुले ३५ वर्षको समयमा केही काम गर्न नसकेको बताउनु भयो । प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेश खारेजी गर्ने मागहरु आफ्नो पार्टीको रहेको बताउनु भयो ।




भर्खरै