१९ असार २०८३, शुक्रबार
,
Latest
कतारबाट फर्केर महको मिठास फैलाउँदै लोकबहादुर राई ७ विश्वविद्यालयका उपकुलपति नियुक्त, कुन विश्वविद्यालयमा को ? उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छः कृषिमन्त्री चौधरी ‘एआई फर गुड ग्लोबल समिट’मा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट सुर्तीजन्य पदार्थसहित विमानस्थलबाट एक जना पक्राउ धानको बीउमा मरुवा रोगको समस्या ‘कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ’ कोशी प्रदेशसभा: विधेयकमाथि छलफल सुरु वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी: एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा… केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि



अ+ अ-

चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका हेटौँडा उपमहानगरपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

भदौ ३ गते उपचारका क्रममा अस्पताल आएर भर्ना भएका ७५ वर्षीय वृद्धको बिहीबार राति मृत्यु भएको थियो ।

उपचारका लागि आएलगत्तै उनको स्वाब सङ्कलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उहाँमा पोजेटिभ देखिएको छ । 

चितवन मेडिकल कलेजको प्रयोगशाला हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकाले नतीजा सार्वजनिक गरिएको थिएन । 

भरतपुर कोभिड ल्याबमा शुक्रबार राति गरिएको पुनः परीक्षणमा समेत उनको पोजेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

सोही मेडिकल कलेजमा मृत्यु भएका दुई जनाको नतीजा आउन बाँकी रहेको उनले बताए । अहिले तीनवटै शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । 

सो मेडिकल कलेजमा नेपाल र भारतका सीमा क्षेत्रबाट धेरै बिरामी उपचारका लागि आएकाले कोरोना सङ्क्रमण देखिने क्रम बढेको छ ।