१९ असार २०८३, शुक्रबार
,
Latest
कतारबाट फर्केर महको मिठास फैलाउँदै लोकबहादुर राई ७ विश्वविद्यालयका उपकुलपति नियुक्त, कुन विश्वविद्यालयमा को ? उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छः कृषिमन्त्री चौधरी ‘एआई फर गुड ग्लोबल समिट’मा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट सुर्तीजन्य पदार्थसहित विमानस्थलबाट एक जना पक्राउ धानको बीउमा मरुवा रोगको समस्या ‘कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ’ कोशी प्रदेशसभा: विधेयकमाथि छलफल सुरु वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी: एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा… केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभागी लुकाकु, युराेपा लिग सेभियाले जित्याे



अ+ अ-

जर्मनीः यस वर्षकाे युराेपा लिगकाे उपाधि स्पेनी क्लब सेभियाले जितेकाे छ ।

जर्मनीकाे काेलाेन रंगशालामा शुक्रबार राति भएकाे खेलमा सेभियाले इटालियन क्लब इन्टर मिलानलाइ ३-२ ले पराजित गरेकाे थियाे । याे खेलमा दुबै तर्फ इन्टरका फरवार्ड राेमेलु लुकाकुले गाेल गरेर चर्चामा रह्याे । लुकाकुले पाँचाैं मिनेटमा टिमका लागि पेनाल्टी मार्फत पहिलाे गाेल गरेका थिए ।

तर त्यसपछि सेभियाका डी जाेङले १२ र ३३ मिनेटमा लगातार २ गाेल गरेर टिमलाइ अघि बढाएका थिए । ३५ मिनेटमा इन्टरका गाेडिनले गाेल गरेर टिमलाइ बराबरीमा ल्याएका थिए ।

पूर्वार्द्धअघि २ २ काे बराबरीमा सकिएकाे खेलमा दाेस्राे हाफ इन्टरका लागि फलदायी रहेन । सेभियाका कार्लाेसले ७४औं मिनेटमा प्रहार गरेकाे बाइसिकल किक लुकाकुलाइ लागेर गाेलपाेस्ट भित्र छिरेकाे थियाे । लुकाकुकाे यही आत्मघाती गाेलका कारण इन्टर पराजित भएकाे थियाे । त्यसपछि कुनै गाेल हुन सकेन ।

सेभियाले युराेपा लिग जितेकाे याे छैटाैं पटक हाे ।