१९ असार २०८३, शुक्रबार
,
Latest
कतारबाट फर्केर महको मिठास फैलाउँदै लोकबहादुर राई ७ विश्वविद्यालयका उपकुलपति नियुक्त, कुन विश्वविद्यालयमा को ? उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छः कृषिमन्त्री चौधरी ‘एआई फर गुड ग्लोबल समिट’मा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट सुर्तीजन्य पदार्थसहित विमानस्थलबाट एक जना पक्राउ धानको बीउमा मरुवा रोगको समस्या ‘कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ’ कोशी प्रदेशसभा: विधेयकमाथि छलफल सुरु वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी: एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा… केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटा संक्रमित फेला पार्न एक लाख ४ हजार खर्च !



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म  ५ लाख ७९ हजार ८ सय ९९ पीसीआर परीक्षण गर्दा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीइ बाहेक पीसीआर परीक्षणमा मात्रै उक्त रकम खर्च भएको बताएका हुन् । 

प्रवक्ता गौतमले एउटा पीसीआर परीक्षण गर्न ५ हजार ५ सय रुपैयाँ खर्च हुने गरेको बताउनुभयो । ३ अर्बभन्दा बढी खर्च गरेर ५ लाख ७९ हजार बढी पीसीआर परीक्षण गर्दा ३० हजार ४ सय २३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको उल्लेख गर्दै उहाँले एउटा पोजेटिभ केस भेटाउन १ लाख ४ हजार ६ सय ३० खर्च सरकारले गरिरहेको बताउनुभयो । 

एकजना संक्रमितलाई १ महिना आइसियुमा राखेर उपचार गर्दा ४ लाख ५० हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो । निषेधाज्ञा जारी भएका क्षेत्र र अन्य क्षेत्रमा अनावश्यक घर बाहिर ननिस्किन पनि उहाँले आग्रह गर्नुभएको छ ।