१९ असार २०८३, शुक्रबार
,
Latest
कतारबाट फर्केर महको मिठास फैलाउँदै लोकबहादुर राई ७ विश्वविद्यालयका उपकुलपति नियुक्त, कुन विश्वविद्यालयमा को ? उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छः कृषिमन्त्री चौधरी ‘एआई फर गुड ग्लोबल समिट’मा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट सुर्तीजन्य पदार्थसहित विमानस्थलबाट एक जना पक्राउ धानको बीउमा मरुवा रोगको समस्या ‘कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ’ कोशी प्रदेशसभा: विधेयकमाथि छलफल सुरु वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी: एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा… केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा बढ्दै कोरोनाको सकस – शुक्रबार ११ जनाको मृत्यु !



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ११ जनाको मृत्यु भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिला र १० जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङ, पर्सा, बारा, सप्तरी र सर्लाहीमा एक—एक जनाको मृत्यु भएको बताउनुभयो । 

यस्तै ललितपुर, चिवतन, मकवानपुर, दोलाखा र प्युठानमा पनि एक एक जना संक्रमितको मृत्यु भएको उहाँले बताउनुभयो । योसँगै मृतकको संख्या १ सय ३७ पुगेको छ । 

योसँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार देशका विभिन्न जिल्लामा गरी आइसियूमा उपचार गराइरहेका संक्रमितको संख्या पनि १ सयभन्दा बढी छ ।   

यस्तै पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै शुक्रबार संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा १८२, ललितपुरमा २५  र भक्तपुरमा १  जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए । 

पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएका छन् भने योसँगै निको हुनेको कुल संख्या १८ हजार २१४ पुगेको पनि गौतमले बताए ।