१९ असार २०८३, शुक्रबार
,
Latest
कतारबाट फर्केर महको मिठास फैलाउँदै लोकबहादुर राई ७ विश्वविद्यालयका उपकुलपति नियुक्त, कुन विश्वविद्यालयमा को ? उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छः कृषिमन्त्री चौधरी ‘एआई फर गुड ग्लोबल समिट’मा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट सुर्तीजन्य पदार्थसहित विमानस्थलबाट एक जना पक्राउ धानको बीउमा मरुवा रोगको समस्या ‘कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ’ कोशी प्रदेशसभा: विधेयकमाथि छलफल सुरु वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी: एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा… केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार थपिए कोरोनाका ८ सय ३८ जना कोरोनाका संक्रमित



अ+ अ-

काठमाडौं । आज ८ सय ३८ जना नयाँ संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २ सय ९२ महिला र ५ सय ४६ पुरुष गरी ८ सय ३८ जना संक्रमित थपिएका हुन । आज काठमाडौं १ सय ४२, भत्तपुर १५ र ललितपुर २५ जना संक्रमित भेटिएका छन । 

आज देशभरी सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ जना रहेको छ । प्रदेश नम्बर १ मा १ हजार ३९, प्रदेश नम्बर २ मा १ हजार ८ सय ९३, बागमती प्रदेशमा ३ हजार १ सय ६० र गण्डकी प्रदेशमा ३ सय ३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ६७, कर्णाली प्रदेशमा ३ सय १० र सुदूरपश्चिम प्रदेशमा ९ सय ३८ गरी संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४६ जना रहेका छन । यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ६८, प्रदेश नम्बर २ मा २ हजार ८ सय ९७, बागमती प्रदेशमा १ सय ११ र गण्डकी प्रदेशमा २७ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा २ सय ४२, कर्णाली प्रदेशमा १८ र सुदूरपश्चिम प्रदेशमा २३ गरी देशभरी ३ हजार ५ सय ८६ जना होम आइसोलेसनमा रहेका छन । 

पछिल्लो २ दिनयता आइसियु र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या बढिरहेको उहाँले बताउनुभयो । प्रदेश नम्बर १ मा १६, प्रदेश नम्बर २ मा ४६, बागमती प्रदेशमा ५२, गण्डकी प्रदेशमा ६ र प्रदेश नम्बर ५ मा १३ गरी १ सय ३३ जना संक्रमित आइसियुमा उपचाररत छन । यस्तै बागमती प्रदेशमा १५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन । 

आज २ सय ५० जना संक्रमित निको भएर घर फर्किएका छन । यस्तै प्रदेश नम्बर १ मा १ हजार २ सय २७, प्रदेश नम्बर २ मा ४ हजार ४, बागमती प्रदेशमा ७ सय ३४ र गण्डकी प्रदेशमा १ हजार ५ सय ७६ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ३ सय ५६, कर्णाली प्रदेशमा १ हजार ९ सय ७१ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ३ सय ४६ जना डिस्चार्ज भएका छन । 
आज क्वारेन्टिनमा १२ हजार २ सय ३४ जना रहेका छन । प्रदेश नम्बर १ मा १ हजार ५ सय १, प्रदेश नम्बर २ मा १ हजार ४ सय १, बागमती प्रदेशमा १ हजार १ सय ६२ र गण्डकी प्रदेशमा २ हजार ६ सय ९८ जना क्वारेन्टिनमा रहेका छन । प्रदेश नम्बर ५ मा १ हजार ६ सय ७९, कर्णाली प्रदेशमा ६ सय ३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ७० जना क्वारेन्टिनमा रहेका छन ।