२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनेश अधिकारीको ‘पानीको परेड’ कवितासंग्रह सार्वजनिक



अ+ अ-

काठमाडौँ: कवि दिनेश अधिकारीको कवितासंग्रह पानीको परेड लोकार्पण गरिएको छ । कवि दिनेश अधिकारीका कविता छापिन थालेको ५० वर्षको अवसर पारेर पब्लिकेशन नेपालयले पानीको परेड प्रकाशन गरेको हो ।

 २०३२ चैतमा ‘रत्नश्री’मा मेरा दुइटा कविता छापिएपछि मेरो काव्यिक परेड सुरु भएको हो,’ पानीको परेडु पुस्तक लोकार्पण कार्यक्रममा अधिकारीले भने, ‘पुस्तकका रुपमा अन्तरका छिटा‘ देखि आज पानीको परेड‘ सम्म आइपुगेको छु ।’

 कवि सिद्धिचरण श्रेष्ठकेदारमान व्यथितभूपी शेरचनवासु शशीको घरलाई प्रमुख काव्यिक गन्तव्य बनाएको पनि कवि अधिकारीले स्मरण गरे । २०३६ सालमा अभिव्यक्ति स्वतन्त्रताप्रजातन्त्र र बहुदलीय व्यवस्थाको पक्षमा उभिएर अग्रज कविहरु मोहन कोइरालाहरिभक्त कटुवालभवानी घिमिरेहरुका साथमा आन्दोलनमा होमिएको स्मरण गर्दै अधिकारीले त्यतिबेला आफ्नो जागिर संयोगले जोगिएको बताए ।

 २०३८ साल भदौमा म सरकारी जागिरे भएँ । त्यही वर्ष माघ २२ गते राष्ट्रपुकार‘ मा विष्णुविभु घिमिरेसँग संयुक्त रुपमा लेखेको ‘समय’ कविता छापियो,’ कवि अधिकारीले सम्झिए, ‘अनि त हामीमाथि १० वर्षसम्म जेल सजाय हुने राजकाज मुद्दामा पक्राउ पुर्जी जारी भयो । बागमती अञ्चलाधीश कार्यालयमा हाजिर भएर बयान दियौं । धन्न ! दिनेश अधिकारीको नामबाट कविता लेख्ने व्यक्ति नै सरकारी जागिरदार दिनेशहरि अधिकारी हो भन्ने सुइँको प्रशासनले पाएन । नत्र मेरो जागिर जाने पक्का थियो ।’

 आफ्नो ५० वर्ष लामो काव्ययात्राका अनुभूति बाँड्दै गर्दा कवि अधिकारीले कविताबारे आफ्नो दृष्टिकोण पनि सुनाए । ‘कहिले लाग्छकविता जीवनको कलात्मक मन्तव्य हो । कहिले लाग्छजीवनको विद्रोही वक्तव्य हो,’ उनले भने, ‘कविता शिल्प र कल्पनाको अँगालो त हो नै; यो भावना र विचारको भँगालो पनि हो । समयको छाप सँगसँगै संवेदनाको एकालाप पनि होकविता ।’ 

 पानीको परेड कविता संग्रहभित्र कवि अधिकारीले पछिल्लो १५ वर्षयता लेखेका धेरै कविताबाट छानेर ७७ वटा समेटिएको छ । जीवनको ज्वारआस्थाको आकाशवक्रवर्षानियतिका निःश्वासप्रकृतिको पदचापपाइलापछि पाइला र प्रेमको प्रकाश गरी पुस्तकमा सात खण्डमा ७७ कविता छन् ।

 कवि अधिकारीले आफूभन्दा पछिल्लो पुस्ताका सशक्त कवि मोमिला र नवराज लम्साललाई पानीको परेड पुस्तक उपहार दिएर पुस्तक लोकार्पण गरिएको थियो । ‘आमा’ कविता वाचनबाट आफ्नो मन्तव्य सुरु गरेका अधिकारीले श्रीमती उषा अधिकारीलाई पनि मञ्चमा बोलाएर पुस्तक उपहार दिए ।

 अतिरिक्त अभिलेख कविता संग्रहका लागि मदन पुरस्कार प्राप्त कवि अधिकारीको अघिल्लो संग्रह भरियाको भूगोल पनि नेपालयबाटै प्रकाशित छ ।

 कवि दिनेश अधिकारी अनुभूतिको तीव्र प्रवाहलाई स्वाभाविक–सुललित रुपमा पस्किनुहुन्छजसले पाठकको हृदयलाई सहज स्पन्दन गर्छ,’ पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्य भन्छन्, ‘पानीको परेडभित्रका सात खण्डका सतहत्तर कविता उहाँले हृदयको रङले पोतेको सप्तरंगी क्यानभास हो ।’

साहित्यका विधाहरुमध्येमा कविताको बजार कम रहेको मान्यता भए पनि पब्लिकेसन नेपालयले कलात्मक साहित्यिक मूल्य र योगदानको कदरस्वरूप वर्षमा एक काव्य प्रकाशन गर्दै आएको उनले बताए । २०२४ मा नेपालयबाट कवि विप्लव प्रतीकको हाइकु संग्रह शाडेनफ्रोएडा प्रकाशन भएको थियो भने यो मार्च महिनाको पलेँटीकै अवसरमा कवि गीतकार कालीप्रसाद रिजालको नयाँ पुराना कविता र गीतको संग्रह केही मीठो बात गर प्रकाशन हुने उनले जानकारी दिए ।