१९ असार २०८३, शुक्रबार
,
Latest
कतारबाट फर्केर महको मिठास फैलाउँदै लोकबहादुर राई ७ विश्वविद्यालयका उपकुलपति नियुक्त, कुन विश्वविद्यालयमा को ? उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छः कृषिमन्त्री चौधरी ‘एआई फर गुड ग्लोबल समिट’मा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट सुर्तीजन्य पदार्थसहित विमानस्थलबाट एक जना पक्राउ धानको बीउमा मरुवा रोगको समस्या ‘कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ’ कोशी प्रदेशसभा: विधेयकमाथि छलफल सुरु वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी: एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा… केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेल सामग्री खरिदमा अनियमितता, छानबिन गर्न उप-समिति गठन



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेल सामग्री खरिदमा भएको अनियमितताका विषयमा छानबिन गर्न उप—समिति गठन भएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागको खेल सामग्री गरिदमा भएको अनियमितता छानबिन गर्न उप—समिति गठन गरेको हो ।

राखेप बार्ड सदस्य गोविन्द बहादुर भट्टराईको संयोजकत्वमा गठन भएको ५ सदस्यीय समितिले खेल सामग्रीमा भएको अनियमितता छानबिन गर्नेछ ।

उपसमितिले ब्याडमिन्टन खलका सामग्री खेलाडीहरुले समयमा नपाएको, प्राप्त खेल सामग्री गुणस्तरहिन रहेको भन्ने उजुरीमाथि छानबिन गर्नेछ ।

उपसमितिका संयोजक भट्टराईले खेलकुद सामग्रीको गुणस्तर चित्त बुझ्दो नभएको, कोटेशन अनुसारको स्टोर दाखिला नभएको, स्टोर दाखिला भएका सामग्री खेलाडीहरुले प्राप्त नगरेको लगायतका विषयमा छानबिन हुने बताउनुभयो ।

अहिले ब्याडमिन्टनका खेल सामग्रीमा भएको अनियमितताका विषयमा निवेदन प्राप्त नभएकाले सोही विषयमा छानबिन गरिने उहाँले बताउनुभयो ।

अरु क्षेत्रबाट पनि खेलाडी प्रशिक्षकहरुले प्रमाणसहित उजुरी गरेको खण्डमा राखेप र मन्त्रलायले छानबिन गर्ने उहाँले बताउनुभयो ।

उपसमितिमा राखेप तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुनबहादुर विक, राष्ट्रिय टिम तयारीका प्रमुख महेन्द्रकुमार राई, कानून शाखा प्रमुख नारायण अर्याल र लेखा अधिकृत पासङ फिजिङ शेर्पा हुनुहुन्छ । उप समितिले २१ दिनभित्र प्रतिशत राखेपलाई बुझाउने छ ।

नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठमाथि आर्थिक अनियमितताको आरोप लागेपछि उहाँले राजीनामा बुझाईसक्नुभएको छ ।

सागमा खेलाडीको सामग्री खरिदतमा आर्थिक अनियमितता गरेको आरोप लागेपछि उहाँले राजीनामा बुझाउनुभएको हो ।

यसअघि शुक्रबार ब्याडमिन्टन खेलाडीहरुले आफ्नो नाममा आएको खेल सामग्री अझैसम्म नपाएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उजुरी निवदेन दर्ता गराएका थिए ।

सागमा नेपालको तर्फबाट राष्ट्रिय ब्याडमिन्टन टोलीमा १० महिला र १० पुरुष खेलाडीको सहभागिता रहेको छ । जसमा नेपालले ५ कास्य पलदक जितेको थियो ।