२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजालाई दया गरेर कारबाही नगरेको गफ नदिनुस् : कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवारणमा जनता लुट्ने काम भएकाले जनताले राजा खोजीरहेको दाबी गर्नुभएको छ । उहाँले राजालाई दया गरेर कारबाही नगरेको गफसमेत नदिन चुनौती दिनुभएको छ ।

अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत् जनताले १७ हजार मान्छे मराउने र युवालाई विदेश पलायन हुन बाध्य पारेर देश लुट्नेहरुलाई जनताले कारबाही गर्ने बताउनुभएको छ ।

उहाँले डर, त्रास देखाएर नभइ जनतालाई केन्द्रमा राखेर सबै नेपाली अटाउने मौलिक प्रजातन्त्रको विकास गर्नसमेत अपील गर्नुभएको छ ।

अध्यक्ष थापाले आफ्नो सामाजिक सञ्जालमा के लेख्नुभएको छ त ?

गणतन्त्रको वकालत गर्नुहोस् ठिक छ । विचार आ–आफ्नो हो । तर, राजालाई दया गरेर कारवाही नगरेको गफ नदिनुस् । जनता साक्षी छन् । २०६३ को आन्दोलन दरवार र दलहरुबीच सम्झौता भएर टुङ्गिएको हो । राजाले ईमान्दारिपूर्वक सम्झौताको पालना भयो । तर, दलहरुले आन्दोलनको रापताप र बिदेशीको दवावमा सम्झौता विपरित राजसंस्था पाखा लगाउने काम गरे ।

लोकतन्त्रको आवरणमा १८ वर्ष देश र जनतालाई लुट्ने काम भयो । अहिले जनताले राजा खोजिरहेका छन् ।

कारवाही नै गर्ने हो भने अब जनताले १७ हजार मार्ने मराउने, युवालाई विदेश पलायन हुन वाध्य पार्ने र देश लुट्नेहरुलाई कारवाही गर्छन् ।
त्यसैले डर त्रास देखाएर होइन, देश र जनतालाई केन्द्रविन्दुमा राखेर सबै नेपाली अटाउने मौलिक प्रजातन्त्रको विकास गरौं ।