१९ असार २०८३, शुक्रबार
,
Latest
विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार गोली हानेर लागुऔषध कारोबारी पक्राउ सुदूरपश्चिम स्पोर्टस् अवार्डः क्रिकेटका दीपेन्द्र र कबड्डीका मानमतीलाई नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने जनताको आकांक्षा पूरा हुनेगरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

निषेधाज्ञाका कारण उपत्यकाका सडकहरु सुनसान



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञाको आज दोस्रो दिनपनि उपत्यका सुनसान देखिएको छ । 

एक हप्ताका लागि जारी भएको निषेधाज्ञाका कारण उपत्यकाका सडकहरु सुनसान देखिएका छन । अत्यावश्यक बाहेकका सवारीहरु बन्द छन । खाद्यान्न, तरकारी, फलफुल, खानेपानी, विद्युत सञ्चार लगायतका सवारी सञ्चालनमा रहेका छन । आजपनि प्रहरीले चेकजाँचमा कडाई गरेको छ । आज दोस्रो दिनपछि औषधि र खाद्यान्न बाहेकका अन्य पसल खुलेका छैनन । 

खाद्यान्नका पसलहरु पनि प्रहरीले विहानीको समयमा मात्रै खुला गर्न दिएको छ । सवारी साधन चलाउने र पैदलयात्रा गर्नेलाई प्रहरीले सोधखोज गरिरहेको छ । अत्यावश्यक काम बाहेक बाहिर निस्किनेलाई केही समय होल्डिङ सेन्टरमा राखेर छाड्ने गरिएको छ । प्रशासनले अनावश्यक काममा बाहिर ननिस्किन सबैलाई आग्रह गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएको हो ।