२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युगान्डामाथि नेपालको रोमाञ्चक जित



अ+ अ-

काठमाडौं । नेपालले चार देशीय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

नेपालले युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा आइतबार भएको खेलमा घरेलु टोली युगान्डामाथि एक विकेटको रोमाञ्चक दर्ता गरेको हो ।

युगान्डाले दिएको ७७ दिनको लक्ष्य नेपालले १९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि ओपनर सना प्रविणले ३५ बलको सामना गरेर सर्वाधिक १७ रन जोडिन् । यस्तै, पूजा महताले ३० बलमा १६ रन जोडिन् भने रुविजना क्षेत्रीले १० रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७६ रनको योगफल बनाएको थियो । युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् ।

त्यसैगरी स्टेफेनिया नाम्पिलिनाले १४ रन जोडिन् भने मलिषा अरिकोटाले ११ रन जोडिन् ।

बलिङतर्फ नेपालकी पूजा महतोले ३ विकेट लिइन् । कप्तान इन्दु बर्माले २ विकेट लिइन् ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले भने हङकङलाई आठ विकेटले हराएको थियो ।