२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजाका भान्जा भन्दै १ करोड २७ लाख ठगी गर्ने व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा भन्दै ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ज्ञानेन्द्रको भान्जा बताउने काठमाडौँ महानगरपालिका–३० असन घर भएका अनुप सिंह रहेका छन् ।

सिंहसहित सातजनाको टोलीले अमेरिका पठाईदिन्छु भन्दै पश्चिम रुकुमको बाफिकोट घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–४ बस्दै आएका सुभद्रा दाहाल र नम्रता केसीसँग १ करोड २७ लाख ८० हजार रुपैयाँ ठगि गरेको पाईएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीले फागुन ९ मा सिंहसहित बनेपा घर भएका राजकुमार केसी, ललितपुरको च्यासल घर भएका सचिन व्यञ्जनकार र दीपकराज खनाललाई पक्राउ गरेको थियो । ठगीमा संलग्न ३ जना आरोपी भने फरार छन् ।

राजपरिवारका सदस्यको भ्रमण टिमसँग अमेरिका पठाउने आश्वासनमा उनीहरुले सुभद्रासँग मात्रै ९३ लाख नगद लिएको पाईएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । यस्तै, नम्रता केसीबाट ३ लाख ४६ हजार ठगि गरेको पाईएको छ ।

यसबारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 




भर्खरै