१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरिङ्गालको टोकाइबाट १० वर्षीय बालकको मृत्यु



symbolic picture
अ+ अ-

झिमरुक । प्युठानमा अरिङ्गालको टोकाइबाट १० वर्षीय बालकको मृत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं ६ दहखोलाका अरविन गिरी बिहीबार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले टोकेर घाइते भएका थिए ।

घाइते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।