काठमाडौं । बैतडीमा शुक्रबार भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन्।
धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको यात्रुवाहक बस बैतडीको पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार बस सडकबाट करिब ६० मिटर तल खसेपछि दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका १७ जनाको उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।












