१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुग्यो



अ+ अ-

काठमाडौं । कोभिड १९ संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।  

मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतले नेपालमा थप ६ जनाको मृत्यु भएको बताउनुभएको हो । 

मृत्यु हुनेमा काठमाडौंका एक जना महिला, मकवानपुरका एक जना पुरुष, सप्तरीका एक जना पुरुष र पर्साका एक जना महिला र दुई जना पुरुषको मृत्यु पुष्टि भएको बताउनुभयो । 

यससँगै नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।