२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी



अ+ अ-

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लबले बागमती प्रदेशलाई फराकिलो रन अन्तरले विजयी भएको छ । आर्मीले बागमतीलाई १३४ रनले पराजित गरेको हो ।

रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको आर्मी क्लबले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६२ रन बनायो । २६३ रनको लक्ष्य पछ्याएको बागमती पदेश २७ ओभरमा १२८ रनमा समेटियो । आर्मीका लागि सन्तोष कार्कीले अद्र्धशतकीय पारी खेले । उनले ९८ बलको सामना गर्दै १० चौका र एक छक्का हान्दै ७६ रन बनाए ।

यस्तै विनोद भण्डारीले ५० बल खेल्ने क्रममा ५ चौका प्रहार गरी अविजित ४७ रन बनाए । तिर्तराज दासले ३६, विवेक यादवले ३० र कुशल मल्लले २६ रन बनाए ।

बलिङतर्फ बागमती प्रदेशका लागि प्रतिश जिसी, राजन ढकाल र ईशान पाण्डेले दुई दुई तथा सोनु देवकोटाले एक विकेट लिए ।

बागमती प्रदेशका लागि ब्याटिङ गर्ने क्रममा विवेक मगरले अद्र्धशतकीय पारी खेले । उनले ५० बलको सामना गर्दै ५ चौका र ३ छक्काको सहयोगमा ५१ रन बनाए । यस्तै इशान पाण्डेले १९ र आषुतोष घिरैयाले १० रन बनाए ।

बलिङतर्फ आर्मीका लागि साहव आलमले चार तथा आकाश चन्दले तीन विकेट लिए । बागमतीले लगातार दोस्रो खेलमा हार बेहोरेको हो ।