२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाका सडकमा निषेधाज्ञाको पहिलो दिन (फोटोफिचर)



अ+ अ-

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले गएरातिबाट सुरु हुने गरी उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ । 
उपत्यका लगायत देशभरी नै पछिल्लो केही दिनयता संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमणको दर बढ्दै गएपछि गएरातिबाट निषेधाज्ञा जारी गरिएको हो । गएरातिबाट तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएपनि उपत्यका सुनसान देखिएको छ । आज अत्यावश्यक बाहेकका सवारी साधान सञ्चालनमा प्रतिवन्ध लगाइएको  छ । अत्यावश्यक सेवाका सवारी साधन भने चलिरहेका छन् । निषेधाज्ञा लागू गराउन ठाउँठाउँमा सुरक्षाकर्मीहरू खटिएका छन् ।

सुरक्षाकर्मीहरु प्रत्येक चोक र गल्लीहरुमा परिचालन भएका छन । प्रशासनले निषेधाज्ञा पालना नगर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । सडकमा पैदल यात्रुसमेत अत्यन्त न्यून मात्रमा देखिएका छन् । निषेधाज्ञा उल्लङ्घन गरेर यात्रा गर्नेहरुलाई होल्डिग सेन्टरमा राखेको छ । चेकजाँचका क्रममा बैंकका कर्मचारीहरुलाई समेत प्रहरीले रोकेको छ । निषेधाज्ञा अवधिभरी पसलरुपनि बन्द गर्न भनिएको छ । विहान ७ बजेसम्म मात्रै खाद्यन्न लागयतका पसलहरु सञ्चालन गर्न दिइएको छ । निषेधाज्ञा भदौ १० गतेसम्म जारी रहनेछ ।हिजो मात्रै उपत्यकामा १५९ जना कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार आजसम्म काठमडौंमा १ हजार ९ सय ८७, ललितपुरमा १ सय ५० र भक्तपुरमा १ सय ७१ संक्रमित रहेका छन । देशभरी संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ । 

आजबाट जारी भएको निषेधाज्ञाको अवस्थामा उपत्यकाका विभिन्न सडकहरुमा देखिएको दृश्यहरु के–कस्ता थिए ? हेरौं यी तस्विरहरु…

(फोटो फिचर)




भर्खरै