२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवर्तनकामी लोकतान्त्रिक शक्तिसँग सहकार्य गरिने



अ+ अ-

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनकामी सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले गणतन्त्रात्मक राज्यव्यवस्था समुन्नत बनाउन देशमा रोजगारी वृद्धि तथा समाजवादी वितरण प्रणाली कायम गर्न पार्टीले योजना निर्माण गर्ने निर्णय गरेको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था, राजावादीले गरेको प्रदर्शन, पार्टीका गतिविधिबारे छलफल गरिएको बैठकमा देशभर सांगठनिक सुदृढीकरणका लागि सशक्त जनपरिचालनका कार्य योजनामा छलफल गरिएको थियो । समसामयिक राजनीतिक विषयवस्तु तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिबारे  समीक्षा गरिएको बैठकमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबारे समीक्षा गरिएको थियो ।

बैठकमा पार्टी सदस्य विस्तार तथा जनवर्गीय सङ्गठनको कार्ययोजनाको समीक्षा गरिएको बैठकमा बामपन्थी शक्तिबीचको एकतालाई जोड दिने निर्णय गरिएको जनाइएको छ ।

पार्टीको आगामी कार्ययोजना तथा रणनीति तयार गर्न जनताको सुझावलाई सङ्कलन गरी आगामी चैत १ गते विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको थियो । रासस