२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नी प्रेमिकासँग बेडमा सुतेको बेला कुकुरले मालिकलाई गोली हानेपछि…



अ+ अ-

एजेन्सी । अमेरिकामा एउटा अनौठो घटना घटेको छ । एक व्यक्तिले आफ्नो एक वर्षको कुकुरले आफूलाई गोली हानेको दाबी गरेका छन् ।

यो घटना तब भएको थियो जब पुरुष आफ्नी प्रेमिकासँग बेडमा सुतेका थिए । यो घटना अमेरिकाको टेनेसी राज्यको हो ।

न्यूयोर्क पोस्टको रिपोर्टका अनुसार पुलिसले भने कि जब उनीहरू घटना स्थलमा पुगे, कुकुर र मानिस घाइते अवस्थामा थिए । तर, आक्रमण गर्ने हतियार भने हराइरहेको छ । उक्त व्यक्तिले आफ्नो साथीले बन्दुक राखेको बताए ।

उक्त आक्रमणमा ती व्यक्तिलाई सामान्य चोट लागेको छ । कुकुर पिटबुल जातको हो । ओरियो नामको कुकुरको पन्जा बन्दुकको ट्रिगर गार्डमा अड्किएर ट्रिगरमा ठोक्किएपछि उक्त व्यक्तिको खुट्टामा गोली लागेको पीडितले प्रहरीलाई बताए । गोली व्यक्तिको तिघ्रामा लागेको थियो ।

पुरुषकी प्रेमिकाले कुकुर निकै फुर्तिलो भएको बताइन् । उसलाई यता उता हाम फाल्न मन पर्छ । बन्दुकको आवाज सुनेपछि उनी निद्राबाट ब्युँझिएकी बताएकी छन् ।