२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता गण्डकी प्रदेश विजयी



अ+ अ-

दाङ। नेपाल टेलिकम प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत मङ्गलबार लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा कर्णाली प्रदेशले दिएको ९२ रनको सामान्य लक्ष्य गण्डकी प्रदेशले ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

दीपक डुम्रेको अर्धशतकमा गण्डकी प्रदेशले कर्णाली प्रदेशविरूद्ध ४ विकेटको जित निकालेको हो । सामान्य लक्ष्य पछ्याएको गण्डकीका सुरूवाती ब्याटर आउट भएपछि दबाबमा परेका बेला दीपक डुम्रे र सुजन गौतमले सम्हालिएर खेल्दै पारी उकासेर २९ दशमलव १ ओभरमा टिमलाई जित दिलाए । बाह्र ओभरको खेल सकिँदा २२ रनमा ६ विकेट गुमाइसकेको अवस्थामा दीपक र सुजनले राम्रो साझेदारी गर्दै नतिजा आफ्नो पक्षमा पारे ।

दीपक डुम्रेले सात चौकाको मद्दतमा ५० रन र सुजन गौतमले ३ चौकाको मद्दतमा २२ रन बनाए । टिमलाई जित दिलाउन अविजित अर्ध शतक बनाएका दीपक डुम्रे प्लेयर अफ द म्याच भए । कर्णालीका लागि विपिन शाहीले २० रन, अर्जुन घर्ती १७ रन, विपिन रावलले १५ रन, हिमांशु शाहीले १२ रन बनाउनु बाहेक अरू खेलाडीले दोहोरो अङ्कको रन जोड्न नसक्दा २७ दशमलव २ ओभरमा अलआउट हुँदै केवल ९१ रन बनायो ।

अब प्रतियोगिताअन्तरर्गत बिहीबार विभागीय टिम एपिएफ र मधेस प्रदेशबीच खेल हुने तालिका रहेको छ । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना, प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीयसहित सात प्रदेशका टिम सहभागी छन् ।

दाङसहितमा रूपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरू भएको प्रतियोगिताका खेलहरू राउण्ड रोविनका आधारमा भइरहेका छन् । हरेक टिमले एक अर्काे टिमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ । रासस