१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्युजिक भिडिओमा नेपालको झण्डा जलाउने ग्याल्जोम तामाङसहित नौ जना पक्राउ



अ+ अ-

काठमाडौं । म्युजिक भिडियोमा नेपालको झण्डा जलाउने समूहका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  म्युजिक भिडियोमा विभिन्न समुदायमाथि गालीगलौज गर्ने ग्याल्जोम दोर्जे तामाङसहित नौ जना पक्राउ परेका हुन्।

प्रहरीले विभिन्न जाति र समूहलाई गाली गरेर गीत बनाउनेरगाउने, झण्डा जलाउने र भिडिओमा मुख्य अभिनय गर्नेविरुद्ध कानुनी कारवाहीको प्रक्रिया सुरु भएको जानकारी दिएको छ ।

मंगोल हप नामको यूट्युब च्यानलमार्फत भदौ एक गते एक म्युजिक भिडिओ अपलोड भएको थियो । भिडिओमा नेपालको झण्डा जलाउनुका साथै विभिन्न जाति तथा समुदायलाई तथानाम गाली गरिएको छ । यसको सर्वत्र विरोध भइरहेको छ ।