२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुललाई पाखा लगाउँदै पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको दोस्रो लेगको खेलमा इंग्लिस क्लब लिभरपुललाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै पिएसजी क्वाटरफाइनलमा पुगेको हो ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा खेलको १२ औं मिनेटमा ओस्मान डेम्बेलेले गरेको गोलबाट पिएसजीले एग्रिगेटमा १–१ को बराबरी गरेको थियो ।

निर्धारित र अतिरिक्त समयसम्म खेल बराबरी भएपछि टाईब्रेकरमा धकेलिएको थियो । जसमा पिएसजी ४–१ ले विजयी बन्यो ।

हारसँगै लिभरपुलको च्याम्पियन्स लिगको यात्रा यहीँ सकिएको छ ।