२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना र बायर्न च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । स्पेनी फुटबल क्लब बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको दोस्रो लेगको खेलमा पोर्चुगिज क्लब बेन्फिकालाई ३–१ गोलले हराउँदै समग्रमा ४–१ को नतिजासहित बार्सिलोनाले अन्तिम आठमा स्थान बनाएको हो ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन राफिन्हाले दुई तथा लामिने यामलले एक गोल गरे । बेन्फिकाका निकोलास ओतामेन्डीले एक गोल फर्काए ।

यस्तै, गएराति नै भएको अर्को खेलमा शहरी प्रतिद्वन्द्वी लेभरकुसेनमाथि २–० को जित निकाल्दै समग्रमा ५–० को नतिजासहित बायर्न म्युनिख पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

लेभरकुसेनकै घरेलु मैदानमा बायर्नलाई जित दिलाउन ह्यारी केन र अल्फोन्सो डेभिसले एक–एक गोल गरे । यसअघि भएको पहिलो लेगको खेलमा बायर्न घरेलु मैदानमा ३–० गोलले विजयी भएको थियो । बायर्नले क्वाटरफाइनलमा इन्टर मिलानको सामना गर्नेछ ।

यो नतिजासँगै पराजित बेन्फिका र लेभरकुसेन प्रतियोगिताबाट बाहिरिएका छन् ।