१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी नायब उपरीक्षकसहित सात जनामा सङ्क्रमण



अ+ अ-

सिरहा । सिरहामा नेपाल प्रहरीका एक प्रहरी नायब उपरीक्षकसहित थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षकसहित चार प्रहरी कर्मचारी, एक थुनुवा, मिर्चैयास्थित नेपाल बङ्गलादेश बैंकका एक कर्मचारी र मिर्चैया नगरपालिका–४ का एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए।

सङ्क्रमितहरु २५ देखि ५५ वर्ष उमेर समूहका रहेको जनाइएको छ । सङ्क्रमित सबैलाई आइसोलेसनमा भर्ना गरिएको प्रमुख यादवले बताए ।

यो सँगै सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या २७४ पुगेको छ भने त्यसमध्ये २०९ कोरोना जितेर घर फर्किसकेका छन् । कोरोना सङ्क्रमणबाट सिरहाको गोलबजार नगरपालिका–१२ र विष्णुपुर गाउँपालिका–१ का २२ र ४० वर्षका दुई जनाको मृत्यु भइसकेको छ ।